नाकामा स्वास्थ्य सेवा पाउनबाट वञ्चित
दाङ ।
दाङको राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाकामा रहेको सामुदायिक स्वास्थ्य इकाई पुस २७ गतेदेखि बन्द भएपछि नागरिक सेवा पाउनबाट वञ्चित भएका छन् । सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत एकजना अहेब, एकजना अनमी र एकजना कार्यालय सहयोगीले पुस २७ गतेदेखि स्वास्थ्य चौकी नखोलेपछि आफूहरुले स्वास्थ सेवा लिन नपाएकोे त्यहाँका हेमराज गिरीले गुनासो गर्नुभयो ।
स्वास्थ्य इकाई बन्द हुँदा त्यहाँका बासिन्दा सामान्य उपचारका लागि पनि जंगलको बाटो हुँदै भारत जानुपर्ने बाध्यता रहेको छ । राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकायलाई स्वास्थ्य इकाई बन्द भएकाबारे कुनै पनि जानकारी नआएको प्रतिक्रिया दिनु भएको छ ।
तपाईंको प्रतिक्रिया