दोस्रो चरणमा खाेप ल्याउने तयारी

 माघ १५, २०७७

काठमाण्डाै ।

सरकारले दोस्रो चरणमा कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ । भारतबाट दोस्रो चरणको खोप ल्याउन यसअघि नै पत्र पठाइसकेको र छिट्टै दोस्रो चरणको खोप नेपाल आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिर अधिकारीले दोस्रो चरणको खोप ल्याउन सबै तयारी पूरा भएको र अब खोप ल्याउने र लगाउने काम मात्रै बाँकी रहेको बताउनुभयो ।

उहाँकाअनुसार नेपाल सरकारले भारतसँग खोप खरिदसँगै अनुदानमा पनि खोप उपलब्ध गराउन अनुरोध गरेको छ । तर, भारतले अब खोप अनुदानमा पठाउने नपठाउने निश्चित भइसकेको छैन ।खरिद गरिने खोपको मूल्यसमेत निर्धारण हुन बाँकी रहेको डाक्टर समिर अधिकारीले बताउनुभयो । यस्तै, पहिलो चरण अन्तर्गतको खोप आज पनि वितरण गरिँदै छ । हिजो प्राविधिक कारणले खोप पुर्‍याउन नसकिएका जिल्लामा आज खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया