सहिदकाे सम्झनामा प्रेमका ४ मुक्तक

 माघ १६, २०७७


१ मुक्तक
अब आउने पुस्तालाई ज्ञान दिनु पर्छ।
अब हामीले सहिदलाई ध्यान दिनु पर्छ॥
किन गर्छौ आनाकानी सधै देशका लागी।
अब परिआए देशका लागि ज्यान दिनु पर्छ।
२ मुक्तक
छोरा तिमीले देशको माटो भुल्ने छैनौ।
छोरा तिमीले देशको पाटो भुल्ने छैनौ॥
यस्तै भन्छिन मेरी आमा सधैभरी मलाई।
छोरा तिमीले देशको बाटो भूल्ने छैनौ॥
३ मुक्तक
मेरो छोराको आत्माले के शान्ति पाउला त बाबु।
मेरो छोरा फेरी घर फर्की के आउला त बाबु॥
सहिद भयो भन्थ्य देशको लागि लड्दा लड्दै।
म मरी हाले भने के छोरासँगै जाउला त बाबु॥
४ मुक्तक
हामीलाई स्वतन्त्रता र समावेशी धारा चाहिन्छ।
जातजति ,भाषा,भेष,धर्म नै सारा चाहिन्छ॥
सहिदको रगतले सधै यही भन्छ दुनियाँलाई।
हिमाल,पहाड,तराईको एउटै नारा चाहिन्छ॥

-हिक्मत बुढाथोकी प्रेम”
तुल्सिपुर-११,दाङ्ग हाल:-प्रबासबाट।

तपाईंको प्रतिक्रिया