नेकपाको दुवै समूहसँग आयोगले छलफल गर्ने
तुलसीपुर ।
निर्वाचन आयोगले नेकपाको कुनै समूहलाई पनि आधिकारिता प्रदान नगरेको प्रष्ट पारेको छ । आज दुवै समूह सँग भएको छलफलपछि पत्रकारसँग कुराकानी गर्दै निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलले दल दर्ता प्रक्रियाका बारेमा दुवै समूहसँग फेरी छलफल गरिने जानकारी दिए । प्रचण्ड नेपाल समूहले अध्यक्षद्धय राजनीतिक काक्रममा उपत्यका बाहिर रहेको भन्दै १८ गते सम्म कुर्न र त्यसपछिको उपयुक्त समयमा बोलाउन आग्रह गरेको छ ।
निर्वाचन आयुक्त पौडेलले ओली समूहका नेताहरुसँग चिया गफ मात्र भएको जानकारी दिए । नेकपाको दुई वटा गुट भएपनि हामीलाई आधिकारिता देउ भनेर दफा ४४ को उपदफा १ अनुसार कुनै पनि गुट आयोगमा नआएको हुनाले आधिकारिकता दिने भन्ने प्रश्न नआएको उहाँको भनाइ छ ।
तपाईंको प्रतिक्रिया