श्रीखण्डको बोट चोरी
शुसिला बुढा मगर, प्यूठान ।
प्यूठान नगरपालिका १ र २ मा रहेको बहुमुल्य प्रजातीको श्रीखण्ड चोरी अझै रोकिएको छैन् । दुई साता अघि चोरी भएको श्रीखण्ड चोरी बुधवार पूनः दोहोरिएको छ । स्थानीय गिर बहादुर धामीको २ वटा बोट, रोम बहादुर धामीको तीन वटा बोट, पित बहादुर धामीको चार वटा बोट, नारायण धामीको दुई वटा बोट र पूर्ण बहादुर धामीको दुई वटा बोट चोरी भएको छ । रातीको समयमा श्रीखण्ड चोरी भएको स्थानीय गिर बहादुर धामीले जानकारी गराए ।
दाखाक्वाडी श्रीखण्ड खेतीका लागि प्रख्यात ठाउँ मानिन्छ । स्थानीयले वर्षौदेखि यसको व्यवसायीक खेती गर्दै आएका छन् । स्थानीयका अनुसार प्रति किलो एक हजार रुपैयाँका दरले श्रीखण्ड विक्री हुँदै आएको छ ।व्यवसायीहरु घरमै आएर श्रीखण्ड लैजाने गरेको स्थानीयले बताए ।
रोल्पा र नेपालगञ्जका व्यवसायीहरु घरमै आएर श्रीखण्ड खरिद गर्दै आएपनि रातारात चोरी बढ्दै जाँदा स्थानीय निराश भएका छन् । चोरी गर्ने गिरोह खोजी गरी कारवाहीका लागि स्थानीयले इलाका प्रहरी कार्यालय विजुवारमा लिखित उजुरी दिएका छन् । यहाँका करिव तीन सय घरधुरीले यसको व्यवसायीक खेती गरिहेका छन् । प्रत्येकका घर घरमा चार÷पाँच वटा श्रीखण्डका बोटहरु छन् ।
तपाईंको प्रतिक्रिया