योजना निर्माणका लागि वडा स्तरमा छलफल

 माघ १८, २०७७

तुलसीपुर ।
स्थानिय नागरीकहरुको सहभागिता बिना छनौट गरिएका योजनाले समाजको बिकास हुन नसक्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ९ मा योजना निर्माणका लागि आयोजित कार्यक्रमका सहभागिाहरुले यस्तो बताएका हुन । उनिहरुले बस्ती स्तरमा पुगेर बनाईएका योजनाले आर्थिक विकास हुने समेत बताएका छन । त्यस अवसरमा सहभागिहरुले गौरबका योजना देखि लिएर बन बातावरण तथा आर्थिक विकास लागि योजना निर्माणका बारेमा छलफल गरिएको थियो ।

वडाध्यक्ष घनश्याम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बस्ती स्तरमा योजना कसरी छनौट गर्ने,वडाको गौरवका योजना के हुन सक्छन,योजनाका फाईदा बारे प्रशिक्षण दिईएको थियो । कार्यक्रममा प्रशिक्षकका रुपमा बिकिरण गौतम र दुर्गालाल केसी रहेका थिए । उपमहानगरको आयोजनामा दिर्घकालिन रणनितिक तथा आवधिक योजना निर्माणका लागि वडा स्तरमा छलफल तथा योजना संकलन कार्यक्रमको आयोजना गरिएको छ ।

सोहि अनुसार वडा नम्बर ९ मा पनि कार्यक्रमको आयोजना गरिएको वडा सचिव यम नारायण सापकोटाले जानकारी दिएका छन । कार्यक्रममा टोलका प्रतिनिधि,संघसस्थाका प्रतिनिधि, राजनितिक दल लगायतको सहभागिता रहेको थियो ।।

तपाईंको प्रतिक्रिया