महशुल नबुझाउनेको लाईन काट्दै प्राधिकरण (अडियो सहित)

 माघ २२, २०७७

तुलसीपुर ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले समयमै विद्युत महशुल नबुझाउने ग्राहकको लाईन काट्न सुरु गरेको छ । प्राधिकरणले समयमै विद्युत महशुल नबुझाउने १ सय १८ ग्राहकको लाईन काटेको जनाएको छ । ग्राहकको लाइन काटेको सोहि दिन नै केहि बक्यौता उठेको विद्युत प्राधिकरण तुलसीपुरका प्रशासन प्रमुख युवराज विष्टले जानकारी दिनभएको छ ।

नेपाल विद्युत प्राधिकरण तुलसीपुरले सेवाग्रीले विद्युत महशुल नबुझाएको ६० दिन पुगेसंगै ग्राहकको लाइन काट्न थालेको छ । समयमै विद्युत महशुल नबुझाउने ग्राहकको लाइन काट्ने नियमित प्रक्रिया भएकोमा कोभिड १९ का कारण लकडाउन भएसंगै रोकिएको थियो । गएको कात्तिकदेखि पुनः यो प्रक्रिया सुरु भएको हो ।

पहिलो चरणमा उद्योगहरुको विद्युत लाईन काट्न सुरु गरेको प्राधिकरणले दोस्रो चरण अन्तर्गत बजार केन्द्रित विद्युत महशुल बुझाउने ग्राहकको लाइन काट्न सुरु गरेको कार्यालयका प्रमुख जगन्ननाथ लामिछानेले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया