कसैले पनि लोकतन्त्र खोस्न सक्दैन: ओली

 माघ २३, २०७७

काठमाडौँ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको निष्ठामा प्रश्न नउठाउन आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमनकारी कदम चालेको आरोप खेपिरहेका ओलीले देशमा कसैले लोकतन्त्र खोस्न नसक्ने बताए । उनले काम गर्न नपाएपछि संसद् विघटन गरेको पनि प्रष्टीकरण दिए ।

‘कसैले पनि लोकतन्त्र खोस्न सक्दैन । लोकतन्त्रको भविष्य उज्ज्वल छ । लोकतन्त्रतर्फ कसैले कर्के आँखा नलगाए हुन्छ । किनभने नेपाली जनता सचेत छन् । देश अघि बढ्योबढ्यो’, शुक्रबार काठमाडौंमा भएको ओली समूहको सभामा उनले भने, ‘संसद् विघटन संविधानसम्मत छ कि छैन भनेर बहस निकालिएको छ ।

जनताले बुझेको कुरा हो–काम गर्ने अवस्था नभए प्रधानमन्त्रीले संसद् विघटन गर्छ । हाम्रै बलमा संसद्‌मा आएर काम गर्न नदिने र सरकारले काम गर्न सकेन भन्ने प्रवृत्तिको जवाफ जनताको ताजा जनादेशबाट खोज्नुपर्छ ।’ कोही पनि नाटकबाजको नाटकमा परेर देशलाई गलत बाटोमा जान दिन नहुने ओलीको भनाइ थियो ।

तपाईंको प्रतिक्रिया