देशभर करिब १ लाख ८५ हजारले खोप लगाए

 माघ २५, २०७७

काठमाडौं ।

पहिलो चरणको कोभिडविरुद्धको खोप अन्तर्गत अन्तिम दिन शनिबारसम्म देशभर १ लाख ८४ हजार ८ सय ५७ जनाले लगाएका छन् । प्रदेश १ मा २४ हजार २ सय २४, प्रदेश २ मा २५ हजार ६ सय ३७, बागमतीमा ६३ हजार ३ सय ८, गण्डकीमा १८ हजार ४ सय ७२, लुम्बिनीमा २८ हजार ९ सय ४१,कर्णालीमा ९ हजार ४ सय २० र सुदूरपश्चिममा १४ हजार ८ सय ५५ व्यक्तिले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिनेलाई १० दिनभित्र लगाइसक्ने गरी सरकारले योजना अनुरुप लगाउन सुरु गरेको थियो। पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, कैदीबन्दी र वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइएको छ।

भारतको सिरम इन्स्टिच्युटबाट निर्मित ‘कोभिसिल्ड’ खोप गत १४ गते देखि लगाउन सुरु गरिएको हो।

तपाईंको प्रतिक्रिया