हिमपहिरोमा परि प्यूठानका मल्ल बेपत्ता

 माघ २६, २०७७

शुसिला बुढा मगर, प्यूठान ।

भारतको उत्तराखण्ड चमोली जिल्लाको केदारनाथमा आइतबार गएको हिमपहिरोमा परी एक प्यूठानी बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन् । गौमुखी गाउँपालिका ३ रजवाराका २४ बर्षिय बिष्णुबहादुर मल्ल बेपत्ता रहेको खवर आएको वडाअध्यक्ष जंगबहादुर पुनले जानकारी दिएका छन् । मल्ल पछिल्लो केहि बर्ष देखि भारतमा मजदुरी गर्दै आएको पारिवारिक स्रोतले बताएको छ ।

मल्लको हिजो बिहानै बाट खोजी कार्य भईरहेको तर पत्ता लाग्न नसकेको खवर आएको अध्यक्ष पुनको भनाई रहेको छ । ८ घण्टा सम्म सुरुङमै थुनिएका रजवाराकै ८ जना मजदुरलाई भने उद्वार गरिएको खवर प्राप्त भएको स्थानिय इश्वरी बिकले जानकारी दिएका छन् । उनिहरु सामान्य घाइते रहेको बिकको भनाई रहेको छ ।

तपाईंको प्रतिक्रिया