सिटिईभिटी कलेज स्तरीय फुटवल- भलिवल प्रतियोगिताको उपाधी पद्मोदय र भ्याली टेक्नीकललाई

 जेठ ०६, २०८१

तुलसीपुर । तुलसीपुर ११ मा रहेको अमर माध्यमिक विद्यालय उरहरीमा सञ्चालित सिटिईभिटी अन्तर कलेज जिल्ला स्तरीय फुटवल र भलिवल प्रतियोगिताको उपाधी पद्मोदय मावि घोराही र भ्याली टेक्नीकलले हात पारेको छन । विद्यालयमा गठित अमर उद्यमी क्लवको आयोजनामा सञ्चालित प्रतियोगितामा फुटवल तर्फ फाईनलमा अमर माविलाई ६-१ गोल अन्तरले हराउदै पद्मोदय माविले उपाधी जितेको हो । उपाधी सगैं कप मेडल प्रमाण पत्र र नगद १५ हजार रुपैया हात पारेको छ । यस्तै द्धितीय स्थानमा चित्त बुझाएको अमर माविले प्रमाण पत्र मेडल र नगद ७ हजार ५ सय पुरस्कार प्राप्त गरेको छ ।

यस्तै, भलिवल तर्फ अमर मा वि उरहरीलाई २० को सोझो सेटमा हराउदै भ्याली टेक्नीकल तुलसीपुरले उपाधी जितेको छ । भ्यालीले कप,मेडल,प्रमाण पत्र र नगद १५ हजार पुरस्कार प्राप्त गरेको छ । यस्तै दोस्रो स्थानमा रहन सफल अमर माविले प्रमाण पत्र,मेडल र नगद ७ हजार ५ सय प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम र द्धितीय हुने विद्यालयलाई एक कार्यक्रमका विच पुरस्कार वितरण गरिएको छ । अमर उद्यमी क्लवका अध्यक्ष शिशिर आचार्यको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

शिक्षक निर्मल कुमार वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कर्मचारी बसन्त परियारले गरेका थिए । प्रतियोगितामा भलिबल तर्फ राजु यरी र फुटवल तर्फ सुवास बाँठा मगरले रेफ्रिको भुमिका निर्वाह गरेका थिए ।

शुक्रवार देखि सुरु भएको प्रतियोगितामा प्राविधिक धार अन्र्तगतका विद्यालय पद्मोदय मावि घोराही,शहिद स्मृती तुलसीपुर,जनकल्याण मावि दुधरास,मावि सेण्टर,मावि अश्वारा,भ्याली टेक्नीकल कलेज,मेट्रो कलेज र अमर माविको सहभागिता रहेको थियो। खेल क्षेत्रको विकास र प्राविधिक अध्ययन गर्ने विद्यार्थीहरुको विचमा आत्मियता बढाउन अमर मावि उरहरीमा गठिन अमर उद्यमी क्लवले प्रतियोगिताको आयोजना गरेको हो ।

 

 

तपाईंको प्रतिक्रिया