मोटरसाईकलकाे ठक्करबाट बृद्धकाे ज्यान गयाे

 माघ २६, २०७७


तुलसीपुर ।
दाङको तुलसीपुरमा मोटरसाईकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको लु ५६ प ९७१७ नम्बरको मोटरसाईकलले हेमन्तपुर नजिकै ठक्कर दिदा वडा न.१९ निवासी ७६ बर्षीय डिलबहादुर बुढाथोकीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सोमबार साँझ ७ बजेतिर ठक्कर दिदा गम्भीर घाईते भएका वुढाथोकीको उपचारका लागि तुलसीपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । मोटरसाईकल चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिक्रिया