रामकुमारी झाँक्री रिहा

 माघ २९, २०७७

काठमाण्डाै ।

नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । महानगरीय प्रहरी अनुसन्धान महाशाखाले नेतृ झाँक्रीलाई बिहीवार साँझ रिहाइ गरेको हो ।राज्यविरुद्धको अपराध गरेको कसुरमा अनुसन्धान गर्न भन्दै प्रहरीले झाँक्रीलाई दिउँसो उहाँकै निवास शंखमुलबाट पक्राउ गरेको थियो

उहाँलाई पक्राउ गरेपछि सरकारको चौतर्फी विरोध भएको थियो । केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरिएको हो । राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गरेकै भरमा राज्य विरुद्धको आरोप लगाएर पक्राउ गर्नु गलत भएको भन्दै विभिन्न दलका नेता र कानुनविद्ले सरकारको विरोध गरेका थिए ।

तपाईंको प्रतिक्रिया