ओली समूहको रोल्पा संयोजकमा बुढा
तुलसीपुर ।
नेकपा ओली समूहले लुम्बिनी प्रदेशका सबै जिल्ला संयोजक, सहसंयोजक र सचिवको टुंगो लगाएको छ । केहि जिल्लामा जिम्मेवारी बाँडफाड बाकि रहेको हुदा पुर्णता दिईएको हो । अब प्रदेशका १२ वटै जिल्लामा जिम्मेवारी बाँडफाड गरेको नेकपा लुम्बिनी प्रदेशले जानकारी दिएको हो । जस अनुसार रोल्पा जिल्ला संयोजकमा बालाराम बुढा चयन भएका छन् भने सचिवमा निमप्रसाद रोका चयन भएका छन । बुढा रुण्टीगढी गाँउपालीकाका अध्यक्ष समेत हुन ।
तपाईंको प्रतिक्रिया