आगलागीमा परी एक किशोरको मृत्यु

 फागुन १७, २०७७

काठमाडौं ।

प्युठानको एक आश्रमभित्र रहेको गोठमा आगलागी हुँदा त्यहाँ कार्यरत एक किशोरको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका-२ स्वर्गद्वारी आश्रमभित्र रहेको गोठमा आइतबार साँझ भएको आगलागीमा परी १५ वर्षीय हेम विकको परी मृत्यु भएको हो ।

यसैगरी दाङको गढवा गाउँपालिका-७ शान्तिपुरका मणिराम रिजालको गोठबाट आइतबार साँझ आगलागी हुँदा २४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै चितवनको माडी नगरपालिका-७ देवेन्द्रपुर शिवालय मन्दिर नजिक बस्ने ४८ वर्षीय टोकप्रसाद गौडेलको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी कपिलवस्तुको विजयनगर गाउँपालिका-४ त्रिपालनगरका २७ वर्षीय पारस जैसीले आफ्नो घरमा रहेको विद्युतीय सामग्री तोडफोड गरी आइतबार राति आफ्नै धनसारमा आगजनी गर्दा २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको टोलीले जैसीलाई नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिक्रिया