सहिद परिवार भन्छन् – ‘पार्टी एकता जोगाउनुस’

 फागुन २१, २०७७

दाङ ।
सहिद परिवारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उच्च नेतृत्वलाई पार्टी एकता जोगाइ राख्न आग्रह गरेका छन् । जनयुद्ध र विभिन्न राजनीतिक परिवर्तनमा सहिद भएका परिवारले पार्टी एकताबाट मात्रै सहिदको सपना पुरा गर्न सकिने भन्दै पार्टी एकता विरुद्धको गतिबिधिमा नलाग्न नेतृत्वलाई आग्रह गरेका हुन् ।

जनयुद्धको समयमा आफ्ना छोरा विशाल र प्रकाश गुमाउनु भएका लमही ३ टिकलीगढका नारायण पण्डितले विभाजनले सहिदको सपना पुरा नहुने बताउनुभयो । यस्तै लमही नगरपालिका वडा नम्बर १ सुन्डवरीका सहिद पुष्प घिमिरेकी जिवन संगिनी निर्मला घिमिरेले सहिदको सपना पूरा गर्न पार्टी बलियो बन्नको लागि एकढिक्का हुन आवश्यक रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समुह दाङको लमहीमा आयोजना गरेको जनयुद्ध,सुखानी हत्या काण्ड वीर सहिद तथा बेपक्ता परिवारलाई सम्मान कार्यक्रममा आयोजित कार्यक्रममा यस्तो आग्रह गरेका हुन् । कार्यक्रममा प्रचण्ड–नेपाल समुहका केन्द्रिय सदस्य मेटमणी चौधरी कम्युनिष्ट पार्टीलाई यहाँ सम्म ल्याउदा देशभर हजारौ सहिद भएको भन्दै सहीदको सपना पूरा गर्न आवश्यक रहेको बताउनुभयो ।

यस्तै,नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी ओली समुहले पनि दाङको लमहीमा सहिद स्मृति दिवश मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य रेवतीरमण शर्माले सहिदको सपना पूरा गर्नकोलागि आफु र पार्टी एक भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेश साँसद समेत रहनु भएका घिमिरेले नेपाल जनताले कम्युनिष्ट पार्टीलाई विश्वास गरेर दुइतिहाइ सम्मको जनादेश दिएको स्मरण गर्दै जनताको विश्वास भत्काउन नहुने तर्क गर्नुभयो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6

लोकप्रिय