ओलीपक्षीय संसदीय दलको बैठक सकियो, ११५ सांसद उपस्थित भएको दावी

 फागुन २२, २०७७

काठमाडौं । ओलीपक्षीय नेपाल कम्युनिष्ट पार्टीको संसदीय दल बैठक सकिएको छ । बालुवाटारमा बसेको बैठकमा ११५ जना संघीय सांसद उपस्थित भएको दावी राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले गरे । प्रचण्ड–माधव पक्षले पनि आफ्नो बैठकमा ११५ जना सांसद उपस्थित भएको दावी गरेको थियो ।

बैठकमा संसदीय दलका नेता एवम प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका थिए ।

तपाईंको प्रतिक्रिया