प्रचण्ड-माधव पक्षको बैठक : एमाले-माओवादी छुट्टिने निर्णय

 फागुन २४, २०७७


काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि संंकटमा परेका प्रचण्ड-माधव पक्षले अन्ततः एमाले र माओवादी अलग-अलग भएर जाने निर्णय गरेका छन् ।

आज पेरिसडाँडामा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र व्युँतिएकाले सोही बमोजिम छुट्टिने निर्णय गरेको बरिष्ठ नेता झलनाथ खनालले बताए ।

यो निर्णयसहित आजको प्रचण्ड माधव पक्षको बैठक बिदाइ बैठकमा परिणत भएको छ । नेपाल प्रेसबाट साभार

तपाईंको प्रतिक्रिया