ब्राउन सुगर सहित एक जना पक्राउ

 फागुन २५, २०७७

दाङ ।

लागु औषध ब्राउन सुगर र नगद सहित एक जना दाङमा पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत घर भई हाल लमहि नगरपालिका वडा नम्बर ७ कप्तानगंजमा डेरा गरि बस्ने वर्ष २३ को शम्शाद राजा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आज विहान विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाचँ गर्ने क्रममा उनको साथबाट ४ ग्राम ३६० मिलिग्राम लागुऔषध, २ लाख ४५ हजार नगद र बिना बिल ल्याइएको कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।

घटनाकाबारेमा थप अनुसन्धान भैहरको छ ।

तपाईंको प्रतिक्रिया