भागरथीको हत्या आरोपी भट्टलाई सुधारगृहमा पठाउन आदेश

 फागुन २६, २०७७

काठमाण्डौ ।

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृहमा पठाइएको छ । जिल्ला अदालत बैतडीले १६ वर्षका दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेशसँगै आज उनलाई डोटीको दिपायलमा रहेको सुधारगृहमा पठाइएको हो । सरकारी वकिलको कार्यालयले हिजो बिहान अदालत पेस गरेकोमा अदालतले उनलाई सुधारगृह लैजान आदेश दिएको हो ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकीमा रहेको सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथीलाई त्यसै विद्यालयमा पढ्ने दिनेशले बलात्कारपछि हत्या गरेको अभियोग लागेको छ । भागरथीको शव गएको माघ २३ गते चडेपानीकै खोचलेक–चडेपानी ग्रामीण सडकको लवलेक जङ्गलमा भेटिएको थियो ।

तपाईंको प्रतिक्रिया