आँगलागी हुदाँ लमहीमा छवटा घर खरानी

 चैत ०२, २०७७

शिवु खनाल, देउखुरी ।
लमहीमा आँगलागी हुदाँ छवटा खरका छाना भएको घर जलेर खरानी भएको छ । लमही नगरपालिका वडा नम्बर ६ राप्ती टोल विकास संस्था (ढिकपुर) स्थित सोमबार विहान दश बजे विद्युत्को तार सट भइ छ वटा खरका छाना भएको घरमा आँगलागी भएको राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढा मगरले जानकारी दिनुभयो । आँगलागीबाट घरमा रहेको टिभि, दराज फर्निचरको सामाग्री, भकारीमा रहेको अन्नपात, लुगापत्ता सबै जलेर नष्ट भएको छ ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, शसस्त्र प्रहरी, नेपाली सेना, स्थानियको सहयोगमा आँगो नियन्त्रणमा ल्याइएको थियो । आँगलागीबाट ढिकपुर निवासी बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छू चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढाले जानकारी दिनुभयो । आँगलागीबाट के कती क्षती भएको भन्ने अहिले सम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

गार्मीयाम सुरु भएसंगै देउखुरीका विभिन्न क्षेत्रमा आँगलागीको घटना सुरु भएको छ । केही दिन अगाडी गढवा, कोइलाबास र सुकौलीनाकामा आँगलागीबाट घर जलेर नष्ट भएको थियो ।

तपाईंको प्रतिक्रिया