सलौरामा वडाध्यक्ष कप प्रतियोगिता सुरु

तुलसीपुर ।
दंगिशरण गाउँपालीका वडा नम्बर ५ को सलौराकुरीमा वडाध्यक्ष कप प्रतियोगिता सुरु भएको छ । वडाध्यक्ष दिपक गौतमको अध्यक्षता तथा गाउँपालीकाका उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमुख आतिथ्यमा प्रतियोगिताको उदघाटन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले राष्टलाई चिनाउने खेलकुदको विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो । आज देखि सुरु भएको प्रतियोगिता पर्सि सम्म सञ्चालन हुने छ ।
प्रतियोतिमामा पुरुष भलिवलका लागि १० समुहको सहभागिता रहेको छ । यस्तै, ब्याटमिन्टन , रस्साकस्की , कुर्सी महिला, २०० मिटर दौड, चम्चा गोली दौड, हुने वडा सचिव प्रेम प्रकास चौधरीले जानकारी दिनुभएको छ । प्रतियोगितामा विजयी हुनेलाई मेडल, ट्रफि र पुरस्कारको ब्यवस्था गरिएको छ ।
तपाईंको प्रतिक्रिया