वाईसीएलको राष्ट्रिय भेला जेठ अन्तिममा

 चैत ०६, २०७७

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ । सर्वोच्चले माउ पार्टी व्यूँताएपछि हिजो र आज बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो । भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाईसीएलका सचिव पुष्प ओलीले बताए ।

उनका अनुसार संगठनलाई चलायमान गराउन राष्ट्रिय भेलाअगावै टोल कमिटीदेखि प्रदेश कमिटीसम्मका भेलाहरू आयोजना गरिने र प्रतिनिधिहरू चुनिएर आउँनेछन् । बैठकले राष्ट्रिय भेलाअगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णयसमेत गरेको छ ।

तपाईंको प्रतिक्रिया