लागुऔषध सेवनको नि:शुल्क परीक्षण

तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १९ हाडिमेमा रहेको नयाँ पाईला पुर्नस्थापना केन्द्रले लागु औषध सेवन बारे निशुल्क परिक्षण गर्ने भएको छ । केन्द्रले आज पत्रकार सम्मेलनको आयोजना गरी लागु औषध दुव्र्यसनीको युरिनकिट मार्फत परिक्षण गर्न सकिने बारे जानकारी दिएको हो । केन्द्रका निर्देशक सुरेस भुसालको अध्यक्षतामा भएको कार्यक्रममा लागु औषध दुव्र्यसनी न्युनीकरणका अभियानकर्मी तथा परामर्शदाता बसन्त पुनले यो विधिबाट दुई मिनेटमा लागु औषध सेवन बारे जानकारी लिन सकिने बताउनु भएको छ ।
मानिसले कुनै लागु औषध सेवन गरेको छ वा छैन भनेर थाहा पाउनका लागी युरिनकिटबाट दुई मिनेटमा परिक्षण हुने उहाले बताउनु भएको छ । लागु औषध गाँजा, अफिम, विभिन्न ट्यावलेटहरु सेवन गरेको पत्ता लगाउन सकिने छ । पछिल्नो समय लागु औषध दुव्र्यसनी चुनौती पुर्ण रहेको उहाले बताउनु भएको छ । सोहि अवसरमा बोल्दै केन्द्रका सल्लाहकार तथा महिला अधिकारकर्मी सुस्मा गिरीले मानिसलाई लागुऔषध दुब्र्यसनबाट रोक्नका लागी जनचेतना फैलाउनु पर्ने बताएका छन् ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखा प्रमुख माया श्रेष्ठ, प्रहरी चौकी हेमन्तापुरका ईन्चार्ज ईन्द्र बहादुर पाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण केन्द्रका प्रेस सल्लाहकार गोकर्ण पौडेलले गर्नु भएको थियो । २०७१ सालमा स्थापना भएको केन्द्रले कुलतमा फसेका मानिसलाई समाजमा पुर्नस्थापना गदै आएको जानकारी दिईएको छ । हाल सम्म ९ सय बढिलाई सेवा प्रदान गरिएको र हाल ३९ जना रहेको केन्द्रका निर्देशक भुसालले जानकारी दिनु भएको छ ।
तपाईंको प्रतिक्रिया