होली पर्व घरमै मनाउन अपील

 चैत ११, २०७७

तुलसीपुर ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ ।

जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं ।’ रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ ।।

तपाईंको प्रतिक्रिया