मावि कालाखोलामा २४ जनाले रक्तदान गरे

तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ।७ मा रहेको मा।वि कालाखोलामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । विद्यालयमा गठित जूनियर रेडक्रस सर्कल र रानिघाट युवा क्लब आयोजना एवं देउराली स्टेशनरी तुलसीपुरको आर्थिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
मावि कालाखोला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरीको अध्यक्षता तथा वडाध्यक्ष टोपबहादुर केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । त्यस अवसरमा बोल्दै प्रमुख अतिथि केसीले बढ्दो कोरोना संक्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला रक्तदान कार्यक्रमको आयोजना गरेर सह्रानिय कार्य गरेको बताएका थिए ।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक राजिब ओझाले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर विद्यालयमा रक्तदान कार्यक्रम गरिएको बताएका थिए । त्यस अवसरमा जूनियर युवा समिति दाङ जिल्ला संयोजक भिमलाल मरासिनी, वडा नं ७ का सदस्य रामबहादुर जिसी,मावि कालाखोला विद्यालय व्यवस्थापन समितिका सदस्य श्यामलाल पोख्रेल लगाएतले बोलेका थिए ।
रानीघाट युवा क्लबका अध्यक्ष नारायण न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक लक्ष्मी न्यौपानेले गरेकी थिइन । त्यस अवसरमा रानिघाट युवा क्लबका डिल्लीराज भुषाल,विद्यालयका शिक्षक मित्रलाल शर्मा लगायत २४ जनाले रक्तदान गरेका थिए ।
तपाईंको प्रतिक्रिया