नेपाल र रावलको स्पष्टिकरणबाट ओली असन्तुष्ट

 चैत १३, २०७७

तुलसीपुर ।
प्रधानमन्त्री तथा नेकपा एमालेअध्यक्षकेपी शर्मा ओलीले पार्टी नेता माधवकुमार नेपाल र भीम रावलले दिएको स्पष्टिकरणप्रति असन्तुष्टि जनाउनुभएको छ । आज बालुवाटारमा बसेको पार्टीको संसदीय दलको बैठकमा ओलीले दुवै नेताको स्पष्टिकरण कारबाहीयोग्य रहेको बताउनुएको प्रमुख सचेतक विशाल भट्टराईले सीआईएनसँग बताउनुभयो ।

तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरण आए पनि अरु २ नेताको भने स्पष्टिकरण आइनसकेको भट्टराईले जानकारी दिनुभयो । कारबाही कस्तो गर्ने भन्ने बारेमा केन्द्रीय समितिको बैठकबाट निर्णय लिइने पनि ओलीले आजको बैठकमा सुनाउनुभएको थियो । आजको संसदीय दलको बैठकमा नेता झलनाथ खनाललगायत अरु नेता पनि सहभागी हुनुभएको थियो ।

खनालले भने सर्वोच्चले एमाले ब्युँताएकै अवस्थाबाट पार्टी अगाडि बढ्नुपर्ने तथा एकलौटी भएका निर्णय फिर्ता लिनुपर्ने बताएर निस्कनुभएको थियो । आज छुट्टै बसेको नेता नेपाल–खनाल समूहको केन्द्रीय समितिको बैठकले पार्टीभित्रै रहेर सङ्घर्ष गर्ने र ओलीले बोलाएका बैठकहरूमा सहभागी हुने निर्णय गरेको थियो ।

तपाईंको प्रतिक्रिया