चौतारीले केसीलाई अध्यक्षको उम्मेदवार बनाउने

 चैत १६, २०७७


तुलसीपुर ।

प्रेस चौतारी नेपाल दाङको जिल्ला भेला घोराहीमा सम्पन्न भएको छ । भेलाले आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा दुर्गालाल केसीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रेस चौतारी लुम्बिनी प्रदेस ईन्चार्ज सविन प्रियासनको संयोजकत्वमा बनेको उम्मेदवार छनौट कार्यदल समितिले उम्मेदवारको टुङगो लगाएको हो ।

अध्यक्षका उम्मेदवार टुङगो लगाएको र बाँकी अन्य पदाधिकारीको लागी पनि केहि दिनमा टुङग्यो लगाउने संयोजक सविन प्रियासनले बताउनु भएको छ । विगतमा जस्तो नभई यस पटक संगठन एकजुट भएको जानकारी दिदै उहाले चुनाव जित्ने दावी गर्नु भएको हो । निर्वाचनको बेलामा संगठनको हित विपरित कार्य गर्नेलाई कारवाही गरिने उहाले बताउनु भएको छ । त्यस अवसरमा चौतारीबाट केन्द्रिय सदस्यमा टिका बस्नेतले उम्मेदवारी दिएको पनि प्रियासनले जानकारी दिनुभयो ।

प्रेस चौतारी दाङका अध्यक्षता तथा नेकपा एमाले प्रचार विभाग प्रमुख शरद अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका सदस्य समेत रहनुभएका अधिकारीले व्यावसायीक पत्रकारितामा प्रेस चौतारीको महत्वपुर्ण भुमिका रहेको भन्दै अबको नेतृत्व चौतारीले गर्नु पर्ने उहाले बताउनु भएको छ ।

प्रेस चौतारी दाङका उपाध्यक्ष ईन्द्र डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा केन्द्रिय सदस्य पदका उम्मेदवार टिका बस्नेत, प्रेस चौतारीका सुर्दशन रिजाल, महासंघको अध्यक्ष पदका उम्मेदवार दुर्गालाल केसीले चुनाव जिताउन सवै एक ढिक्का हुनुपर्ने बताउनु भयो । कार्यक्रमको सहजीकरण सचिव प्रेम राम्जाले गर्नु भएको थियो । साथै सोहि अवसरमा होली पर्वको शुभकामना आदान प्रदान गरिएको छ ।

तपाईंको प्रतिक्रिया