प्रेस संगठनले अध्यक्षमा आचार्यलाई उम्मेदवार बनाउने

 चैत २१, २०७७

तुलसीपुर ।

नेपाल पत्रकार महासंघ दाङको निर्वाचनमा लक्ष्मी आचार्यलाई प्रेस संगठनले अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको छ । प्रेस संगठन, प्रेस युनियन लगायतका संगठनको समर्थनमा आचार्यलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको कार्यदलका संयोजक अजयदीप शर्माले जानकारी दिनुभयो ।

महासंघको आसन्न निर्वाचनमा गठबन्धन गर्ने क्रममा दाङमा प्रेस संगठनले अध्यक्ष पाउने गरि सम्झौता भएको थियो । यस अघि प्रेस चौतारी नेपालले दुर्गालाल केसीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । जिल्ला शाखाको निर्वाचनका लागि भोली उम्मेदवारी दर्ता हुने भएको छ ।

तपाईंको प्रतिक्रिया