विद्यार्थीसंग न्यायीक संवाद

 चैत २७, २०७७

तुलसीपुर ।

उच्च अदालत तुलसीपुरको आयोजनामा ज्ञानज्योती माध्यमिक विद्यालय तुलसीपुरमा कानुन बिषयमा अध्ययनरत कक्षा ११ र १२ का विध्यार्थीहरुको बिचमा न्यायिक संवाद कार्यक्रम भएको छ । छिटो छरितो न्याय, सबैका लागि न्याय,भन्ने मुल नाराका साथ न्यायालयबारे सरोकारवाला पक्षको सुझाव, सल्लाह र प्रतिक्रियाबारे छलफल गर्ने कार्यक्रम अन्तर्गत यस्तो कार्यक्रम आयोजना गरिएको उच्च अदालत तुलसीपुरका उपरजिस्ट्रार मान बहादुर बिष्टले बताउनु भयो ।


न्यायाधिश ऋृषिराम दवाडीको अध्यक्षता तथा न्यायाधिश रमेशराज पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सोहि अवसरमा बोल्दै पोख्रेलले न्यायिक संवाद कार्यक्रममा न्याय संपादन प्रक्रिया, नागरिक र सरोकारवालाको भूमिका तथा उच्च अदालतको सेवा प्रवाहबारे जानकारी गराउनु भएको थियो । अदालतका रजिस्ट्रार यम बहादुर बुढामगरले न्यायपालिकाको चौथो पञ्चवर्षिय रणनीतिक योजना अन्तर्गतका निर्धारित क्रियाकलाप सञ्चालन भइरहेको बताउनु भयो ।

कार्यक्रममा विद्यालयका प्राचार्य सुरेन्द्र जिसीले विद्यार्थीहरुको लागी यस्ता खालका कार्यक्रम उपलब्धी मुलक हुने भन्दै उनीहरुको थप क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताउनु भयो । सो अवसरमा विद्यालयका सहायक प्राचार्य मनोज केसी, एकेडेमिक कोर्डिनेटर शरद गौतम, कानुन बिषयगत शिक्षक तुफानबाबु श्रेष्ठ, सोमराज केसी, उत्तम डांगी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले आ(आफना जिज्ञासाहरु राखेका थिए । कार्यक्रमको सहजीकरण उच्च अदालत तुलसीपुरका शाखा अधिकृत भुपाल भण्डारीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया