तुलसीपुरका दूई संक्रमितको मृत्यु

 बैशाख १६, २०७८

तुलसीपुर । 

तुलसीपुरमा थप दूई कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ की एक महिलाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको छ ।

तुलसीपुरका फोकल पर्सन बिमल केसीका अनुसार तुलसीपुर ११ का अर्का एक ६२ बर्षीय पुरुषको घरमै मृत्यु भएको छ । बुधवार मात्रै स्वाब परीक्षण गराएका उनी घरमै बस्दै आएका थिए ।

तपाईंको प्रतिक्रिया