सल्यानमा आजदेखी लकडाउन
दाङ ।
सल्यानमा आज देखि लकडाउन सुरु भएको छ । कोरोना भाईरसको नयाँ भेरियन्ट जिल्लाका सबै पालिकाहरुमा तिव्र गतिमा फैलिएको भन्दै आज देखी लागु गरी आउदो जेठ १ गतेसम्म लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । गएको विहिवार जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले बिहान ६ बजेदेखि जेठ १ गते राती १२ बजेसम्म कायम हुने गरी लकडाउन गर्ने निर्णय गरेको थियो ।
लकडाउन अवधी भर अत्यवाश्यक सेवा र सवारी साधन बाहेक अन्य सवै सेवा तथा सार्वजनिक र निजि सवारी सन्चालनमा रोक लगाईएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिनुभयो । यस्तैगरी दैनिक विहान ६ बजेदेखी ९ बजे र बेलुकी ५ बजेदेखी ७ बजेसम्म खाद्यन्न पसल खुल्ला हुनेछ । अत्यवाश्यक बस्तु किनमेल गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्नेछ ।
तपाईंको प्रतिक्रिया