दाङमा जेठ १ सम्म लकडाउन गरिने

तुलसीपुर ।
दाङमा लकडाउनकाेे समयावधि थप गरिएको छ । कोरोना संक्रमण दर कायमै रहेको हुँदा बैशाख १७ देखि जारी लकडाउन जेठ १ गतेसम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी)का संयोजक दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।
बैशाख १७ गते बिहान ६ बजेदेखि जारी लकडाउन शनिबार (भोलि) साँझ सकिदै गरेको अवस्थामा जिल्लामा आज बसेको डिसीसीएमसीको बैठकले थप एक साता लकडाउन गर्ने निर्णय गरेको हो ।
तपाईंको प्रतिक्रिया