दाङमा जेठ १५ गतेसम्म लकडाउन

तुलसीपुर ।
दाङमा वैशाख १७ गतेदेखि जारी लकडाउन दुई हप्ता थप गरिएको छ । जिल्ला कोरोना संकट व्यबस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढ्नुका साथै मृत्यु हुनेको संख्या पनि नरोकिएको भन्दै जेठ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।
यस अघि जेठ १ गतेसम्म लकडाउन गरिएको थियो ।
तपाईंको प्रतिक्रिया