दंगीशरणका यी युवाले अमेरिकाबाट पठाए ११ लाख सहयोग

 जेठ ०५, २०७८


दिप्तिशिखा चाैधरि, तुलसीपुर ।

अापत बिपतकाे बेला अाफ्नाे गाउँ ठाउँको याद अाउनु स्वभाविक हाे । झन याे बेला देश नै काेराेना सङ्ग जुधिरहेकाे छ । काेराेना कारण उपचार नपाई ज्यान गुमाउन नपराेस भनेर बाहिरी देशमा रहेका नेपालीले सहयाेग पनि गरेका छन । केही दिन अघि बिदेशि भुमिमा सहयाेग उठाएर अक्सिजन सिलिन्डर पठाएका नेपालीले अझै पनि सहयाेग गर्ने बताएका छन । यसैक्रममा विभिन्न सपना बाेकेर अरु देशलाई कर्म गराएका पश्चिम दाङबासिले लाखौं सहयाेग पठाएका छन ।

उनिहरुले अाफ्नाे गाउँ ठाउमा उपचारमा सहयाेग पुगाेस भनेर सहयाेग गरेकाे बताएका छन । अमेरिकामा रहेका दंगिशरणबासीहरुले एघार लाख उन्नाईस हजार नौ सय असी रुपैया सहयाेग स्वरुप पठाएका हुन । याे रकम जम्मा २४ जनाबाट सङकलन गरिएको हाे ।

गाउपालिका स्थित कोभिड अस्पताल बागरमा अक्सिजन सिलिण्डर खरिद र अस्पताल ब्यबस्थापनका लागी उनिहरुले सहयोग गरेका हुन ।

तपाईंको प्रतिक्रिया