सरकारले अध्यादेशमार्फत बजेट ल्याउने
काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट अध्यादेशमार्फत ल्याउने घोषणा गरेका छन् । बालुवाटारमा आइतबार भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यसबारे जानकारी दिएका हुन् ।
‘स्वभाविक रुपमा अध्यादेशमार्फत बजेट आउँछ र राष्ट्रपति ज्युले त्यो जानकारी दिनुहुनेछ’, उनले भने, ‘साधारण औपचारिक कार्यक्रममार्फत बजेट सुनाइनेछ ।’ बजेटमा महामारी तथा विकास निर्माणका कार्यलाई प्राथामिकता राखिने उनले जनाए ।
तपाईंको प्रतिक्रिया