ईटालीमा केवलकार दुर्घटना हुँदा १४ जनाको मृत्यु

 जेठ १०, २०७८


इटालीको उत्तरी क्षेत्र स्थित माजोरे ताल नजिकैको पहाडमा केवलकार दुर्घटना हुँदा कम्तिमा१४ जनाको मृत्युभएको छ । स्ट्रेसा बजारबाट यात्रुलाई पिड्मोन्ट क्षेत्रको मोतारोनी माउन्टेन लैजाने क्रममा केवलकार दुर्घटना भएको हो । केवलकार वन क्षेत्रमा काटिएका रुखमाथि खसेको हो ।ज्यान गुमाउनेमा पाँचजना इजारायली रहेका छन् ।

पाँच र ९ वर्षका दुई बच्चालाई विमानबाट उद्धार गरी तुरिनस्थित अस्पताल लगिए पनि ९ वर्षको बच्चाको च्यान गएको हो । केवलकार झण्डै २० मिटर तल जमिनमा खसेर ओरालोमा गुड्किएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तपाईंको प्रतिक्रिया