प्युठान अस्पतालमा एचडीयू सेवा सुरु

 जेठ १२, २०७८

प्युठान ।
जिल्ला अस्पताल प्युठानमा हाइ डीपेन्डेन्सी यूनिट (एचडीयू) सेवा सुरु भएको छ । कोरोना संक्रमितको उपचारका लागि अस्पतालले उक्त सेवा सुरु गरेको अस्पतालका प्रमुख डाक्टर नविन दर्नालले बताए । स्वास्थ्य मन्त्रालयले एक बर्ष अघि प्युठानका लागि पठाएको पाँच थान वाइप्याप मेसिन (सामान्य खालको भेन्टिलेर) मध्ये तीन वटा मेसिन सहितको पाँच बेडको एचडीयू कक्षबाट उपचार सेवा सुरु गरिएको छ ।

श्वासप्रश्वासमा समस्या भएका बिरामीलाई यस कक्षमा राखेर उपचार गरिने अस्पतालमा कार्यरत फिजिसियन डा.सुदिप अधिकारीले जानकारी दिए । सरकारले अक्सिजन प्लान्टका लागि एक करोड पचास लाख बजेट बिनियोजन गरेकोले एचडीयू नियमित रुपमा सञ्चालन गर्न सहयोग पुग्ने पनि उनले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया