परियार सेवा समाजद्वारा अभियानलाई सहयोग
तुलसीपुर ।
संयुक्त दलित युवा अभियान दाङलाई परिवार सेवा समाज दाङले आर्थिक सहयोग गरेको छ । परियार सेवा समाज दाङ्का अध्यक्ष केशव नेपाली र सल्लाहकार देबिका नेपालीले अभियानका उप संयोजक तथा आर्थिक विभाग प्रमुख शेर बहादुर परियारलाई ५ हजार ५ सय ५५ रुपैया हस्तान्तरण गर्नुभएको थियो । युवा अभियानले लकडाउन भए पश्चात् अति विपन्न परिवारलाई राहत वितरण कार्यक्रम लिएर घरदैलो गर्दै आएको छ ।
गरिब दुखी असहायको सहारा बन्दै गएपछी विभिन्न निकायहरुबाट आर्थिक सहयोग प्राप्त हुदै गएको अभियानका संयोजक खेमराज विक सेन्चुरीले बताउनु भएको छ ।
तपाईंको प्रतिक्रिया