नयाँ शैक्षिक सत्र आजदेखि सुरु

 असार ०१, २०७८

काठमाडौं ।

 आजदेखि देशभर  विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु भएको छ ।  कोरोनाका कारण गतवर्षदेखि नै समय तालिका प्रभावित भएकाले दुई महिना ढिला गरी असार १ देखि शैक्षिक सत्र सुरु हुन लागेको हो । सोहि अनुसार दाङका विद्यालयहरुले पनि नतिजा प्रकाशित गरि भर्ना लिन थालेका छन ।

कोरोना (कोभिड–१९) संक्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइ सुरु गर्नुपर्ने बताइएको छ । असार १५ सम्म विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गरिसक्नु पर्ने बताइएको छ । भर्ना तथा पाठ्यपुस्तक वितरणपछि वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गर्नुपर्नेछ ।

 कोरोना संक्रमण सामान्य नभएसम्म वैकल्पिक विधिको माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण कार्य जारी रहने जनाइएको छ ।  आजदेखि कक्षा १० सम्मका लागि शैक्षिक सत्र सुरु भएको हो ।

तपाईंको प्रतिक्रिया