राष्ट्रपतिद्वारा दल विभाजन सम्बन्धी अध्यादेश जारी

 भदौ ०२, २०७८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका स्रोतका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गर्नुभएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

तपाईंको प्रतिक्रिया