दल दर्ता हुन ३५ दिन लाग्ने

 भदौ ०२, २०७८

तुलसीपुर । निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका दुई दल नेकपा एमाले समाजवादी र जसपा लोकतान्त्रिक दर्ता हुन ३५ दिन लाग्ने भएको छ । नेकपा एमाले र जनता समाजवादी पार्टीबाट विभाजित भएर दुईवटा नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन परेको छ । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरेर अध्यादेश ल्याएसँगै एमाले विभाजन गर्दै माधवकुमार नेपाल पक्षले एमाले समाजवादी र जसपा विभाजन गर्दै महन्थ ठाकुरपक्षले जसपा लोकतान्त्रिक नामक दल दर्ताका लागि निवेदन दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्राप्त निवेदनमाथि प्रक्रिया पु¥याएर दल दर्ता गर्न ३५ दिनको समय लाग्ने बताउनुभयो । निवेदन औपचारिक रुपमा आयोगमा दर्ता भएको र उक्त निवेनमाथि अब प्रक्रिया सुरु हुने उहाँको भनाइ छ । अध्यादेश राजपत्रमा आएपछि राजनीतिक दलसम्वन्धी नियमावली संशोधन प्रक्रिया अघि बढ्छ अनि निवेदनमाथि निर्णय हुने उहाँको भनाइ छ ।

आयोगले निवेदनमाथि कानुनी व्यवस्था हेरेर निर्णय गर्ने र त्यसका लागि ३५ दिनसम्मको समय लाग्ने उहाँले बताउनुभयो । उहाँले नियमावली संशोधनसँगै आयोगमा दर्ता भएका निवेदनमाथिको कारबाही प्रक्रिया अगाडि बढ्ने पनि बताउनुभयो ।

तपाईंको प्रतिक्रिया