वनका उपभोत्तालाई अधिकार सिकाउदै ‘ग्रीन फाउन्डेसन’

 भदौ ०२, २०७८

तुलसीपुर । ग्रीन फाउन्डेसन नेपालले वनका उपभोक्ताको क्षमता विकास गर्न थालेको छ । सामुदायिक वनका उपभोक्तालाई वन सम्बन्धि अधिकार र सुशासनको विषयमा अभिमुखिकरण गर्दै क्षमता विकास गर्न लागेको हो । यसैक्रममा दंगिशरण गाउँपालिका वडा नं ३ एकलिमा रहेको चिराघाट बबई दोभान सामुदायिक बन उपभोक्ता समुहका उपभोत्ताको लागी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम पछि सामुहीक रुपमा खिचिएको तस्वीर

बन समुहका अध्यक्ष होमर केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय परियोजना संयोजक दिपक परियारले प्रशिक्षण दिनुभएको थियो । त्यस अवसरमा बन समुहका उपभोत्ताहरुले विभिन्न जिज्ञासाहरु राखेका थिए । कार्यक्रमको सञ्चालन स्थानिय सहजकर्ता श्याम कुमारी चौधरीले गर्नु भएको थियो । कार्यक्रममा २५ जना उपभोक्ताको सहभागीता रहेको थियो ।

तपाईंको प्रतिक्रिया