थप ४२ जनाको कोरोनाबाट मृत्यु

 भदौ ०२, २०७८

तुलसीपुर । नेपालमा थप ४२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ४२ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ३ सय ९६ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर १६ हजार ८ सय ३८ कोरोना परीक्षण गर्दा थप ३ हजार ४ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप २ हजार १ सय ४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

तपाईंको प्रतिक्रिया