पहिरोले घर पुर्दा रसुवामा चारजना बेपत्ता

 भदौ ०३, २०७८

काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिका ५ कोलडाडामा पहिरोले घर पुरिँदा चार जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । स्थानीय ३६ वर्षीय श्यामबहादुर गलान तामाङको घर पुरिँदा तामाङ घाइते भएका छन् । उनलाई स्थानीयले उद्धार गरि उपचारका लागि नुवाकोट पठाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।

तामाङका श्रीमती, दुई छोरी र एक छोरा घरभित्र सुतेको हुँदा अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेले बताए । कृषि सडकको डिल भत्किएर घर पुरिएको जानकारी आएको उनले बताए। घटनाबारे जानकारी पाए लगत्तै नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको टोली अहिले घटनास्थलतर्फ प्रस्थान गरेको पाण्डेले बताए ।

तपाईंको प्रतिक्रिया