११ जना अफगान नागरिक प्रहरीको नियन्त्रणमा
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राजधानीको सिनामंगलबाट ११ जना अफगान नागरिकलाई नियन्त्रणमा लिएको छ । सोमबार बिहान उनीहरु बसिरहेको घरमा पुगेको ब्यूरोको टोलीले छापा हानेर नियन्त्रणमा लिएको ब्यूरोका सूचना अधिकारी श्यामकुमार महतोले नेपाल जानकारी दिए ।
उनीहरु केही दिनअघि सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएका थिए । काठमाडौं आइपुगेका उनीहरुलाई राष्ट्रसंघीय शरणार्थी उच्चायोगले सिनामंगलस्थित एक घरमा राखेको थियो ।
पक्राउ परेकालाई अध्यागमन कार्यालयमा बुझाउने तयारी भएको ब्यूरोले जनाएको छ ।
तपाईंको प्रतिक्रिया