चीनमा फेरि फैलियो कोरोना

 कार्तिक ०८, २०७८

काठमाडौँ । चीनमा पुन: एक पटक कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ । ‘डेल्टा भेरियन्ट’ का कारण संक्रमण फैलिएको विज्ञहरूले जनाएका छन् । चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार अहिले चीनका ११ वटा प्रान्तमा कोरोना संक्रमण फैलिएको छ । चिनियाँ जनस्वास्थ्यविद्हरूले सन् २०२० को जुलाईमा नान्जिङको अवस्थाभन्दा झन् खराब हुन सक्ने चेतावनी दिएका छन् ।

तर सबै मापदण्ड र संयन्त्र परिचालन गरिएमा एक महिनाभित्र संक्रमण नियन्त्रणमा आउने विज्ञहरूको भनाइ छ । गत हप्ता चीनमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये १०६ जना विभिन्न ठाउँ घुम्नेहरू थिए । ग्लोबल टाइम्सका अनुसार संक्रमण पुष्टि हुनेहरू विभिन्न १३ वटा समूहका छन् ।

पछिल्लो समय ‘इनर मंगोलिया अटोनोमस रिजन’मा बढी संक्रमण देखिएको छ । अक्टोबर १७ देखि चीनका विभिन्न ठाउँमा संक्रमण देखिएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

तपाईंको प्रतिक्रिया