दाङका दश पालीकामा एमालेको कमिटि बन्यो, को-को अध्यक्ष भए ?

 कार्तिक १०, २०७८

तुलसीपुर । दाङका १० वटै पालिकामा एमालेको सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । प्रथम पालिका अधिवेशन मंगलवार दाङमा सम्पन्न भएको हो । पार्टीका जिल्ला अध्यक्ष टिकाराम खड्काका अनुसार एमाले राप्ती गाउँपालिका संगठन कमिटिको प्रथम गाउँ अधिवेशनले मदन अधिकारीको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका संगठन कमिटी सर्बसम्मत चयन गरेको छ ।

त्यस्तै एमाले गढवा गाउँपालिका संगठन कमिटिको प्रथम गाउँ अधिवेशनले बाबुराम अधिकारीको अध्यक्षतामा ५३ सदस्यीय गाउँपालिका संगठन कमिटी सर्बसम्मत चयन गरेको छ । उता लमही नगरपालिकामा दण्डीराम चौधरी अध्यक्षतामा ७१ सदस्यीय नयाँ कमिटी गठन भएको हो । राजपुर गाउँपालिकामा हेमकुमार जिसीको अध्यक्षतामा ४१ सदस्यीय कमिटी बनेको छ ।

यस्तै बंगलाचुलीमा पुष्पराज भण्डारीको अध्यक्षतामा ४७ सदस्यीय कमिटी बनेको छ । त्यसैगरी जिल्लाको दुई उपमहानगर मध्ये घोराही उपमहानगरपालिकामा भुवन चौधरीको अध्यक्षतामा ७९ सदस्यीय नयाँ कमिटी गठन भएको छ । भने तुलसीपुरमा माधव ओलीको अध्यक्षतामा ८५ सदस्यीय कमिटि बनेको हो ।

यस्तै, नेकपा एमाले शान्तिनगर गाउँपालिकामा धनबहादुर केसीको अध्यक्षतामा ४३ सदस्यीय कमिटी बनेको छ । त्यस्तै, दंगीशरणमा रेशम वली र बबई गाउँपालिकामा जितबहादुर वलीको अध्यक्षतमा कमिटि चयन भएको छ ।

तपाईंको प्रतिक्रिया