सामुदायिक वनकाे अधिकार र सुशासन सम्बन्धि अन्तरक्रिया

 कार्तिक १०, २०७८


तुलसीपुर । दंगिशरण गाउँपालिकामा सामुदायिक वनकाे हक अधिकार र सुशासन सम्बन्धि स्थानिय सरकार र सराेकारवाला निकायहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । ग्रिन फाउन्डेसन नेपाल दंगिशरणका संयाेजक एम.एन शाहकाे अध्यक्षता तथा गाउँपालिकाका प्रमुख भागिराम चाैधरिकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।

त्यस अबसरमा बाेल्ने बक्ताहरुले बनकाे संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जाेड दिएका थिए । ग्रिन फाउन्डेसन नेपाल दंगिशरणका सचिव सीता डाँगिकाे स्वागत मन्तव्य बाट सुरु भएकाे कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय प्रमुख विनाेद अधिकारी , न्यायिक समिति शाखा प्रमुख यादव डाँगि , ग्रिन फाउन्डेसन नेपाल दाङका सचिव सुरेश कुमार रावत,दंगिशरण स्थानिय फेकाेफनका अध्यक्ष शाेभाकर न्याैपाने , तुलसीपुर उपमहानगरपालिकाका वन अधिकृत ओमकान्त भट्टराई, ग्रिन फाउन्डेसन नेपाल उद्यमशीलता विकास अधिकृत प्रेम सुवेदी र सामुदायिक वन उपभोक्ता समुहका अध्यक्षहरुले आफ्नाे भनाई राख्नु भएकाे थियाे ।

कार्यक्रमकाे सञ्चालन ग्रिन फाउन्डेसन नेपाल दंगिशरण गाउँपालिका परियाेजना संयाेजक दिपक परियारले गर्नुभएकाे थियाे ।

तपाईंको प्रतिक्रिया