रुकुम पश्चिममा बालिका बलात्कृत , अबस्था गम्भिर
रुकुम पश्चिम । रुकुम पश्चिममा एक बालिका बलात्कृत भएकी छिन् । जाजरकोटको नलगाड नगरपालिका वडा नं १ की अन्दाजि १४ बर्षकी बालिका बुधबार बेलुका रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको वडा नम्वर १४ मा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
उनलाई सोही ठाउँका अन्दाजि २६ बर्षका झलक जैसीले बलात्कार गरेको भन्दै बालिकाको बुवाले ईलाका प्रहरी कार्यालय आठबिसकोटमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताउनुभयो । उनि जाजरकोटबाट उक्त स्थानमा लागेको स्थानीय मेलाको अवसरमा आयोजित भलिबल खेल हेर्न आएकी थिइन ।
बलात्कारपछि बेहोस अवस्थामा रहेकी बालिकालाई राती आठबिसकोट स्थित नगर अस्पताल पुर्याईएको थियो । प्रहरी निरीक्षक शर्माका अनुसार उनको अत्याधित रक्तश्राव भैरहेको जनाईएको छ । नगर अस्पतालमा सामान्य उपचार पछि उनलाई थप उपचारको लागि आज दिउँसो नेपालगञ्ज रिफर गरिएको अस्पतालले जनाएको छ । उनको अवस्था गम्भिर रहेको बताईएको छ । घटनाको अनुसन्धान भैरहेको र अभियुक्तको खोजि भैरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिक्रिया